नितेश जंग कुँवरको पहिलो म्युजिकल कन्र्सट नेपालगञ्जमा
प्रकाशित मिति : २०७५, ११ श्रावण शुक्रबार १४:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
नेपालगञ्ज, ११ श्रावण – युवापुस्ताका चर्चित पप गायक नितेश जंग कुँवरको एकल म्युजिकल कन्र्सट यही भदौ १३ गते नेपालगञ्जमा हुने भएको छ ।
अल नेपाल टुर नाम दिइएको उक्त कन्र्सटमा गायक कुँवरले एकल प्रस्तुती दिने स्म्याईङ्ग स्टिरियो इभेन्ट म्यानेजमेन्ट प्रा लि लिले जानकारी दिएको छ । साउन ३१ गते दमकबाट सुरु भएर भदौ १६ सुर्खेतमा अन्तिम कन्र्सट हुने छ ।
अल नेपाल टुरमा हिडेका कुँवरले पश्चिम नेपालमा नेपालगञ्ज , सुर्खेत र धनगडीमा आफ्नो प्रस्तुती दिने छन् । गायक कुँवरको कन्र्सटले नेपालगञ्जको पर्यटन क्षेत्र र सांङ्गेतिक माहोललाइ प्रवद्र्धन गर्ने आयोजककले बताएको छ ।
नेपालगञ्जमा करिव पाँच बर्ष पछि यती ठूलो म्युजिकल कन्र्सट आयोजना गरीएको आयोजकले दावी गरेको छ । गायक कुँवरले दुइ दर्जन बढी गीत गाएका छन् । पछिल्लो समय नितेशको हाम्रो नेपालमा बोलको गीत निकै चर्चित रहेको छ । साथै नेपालकै पहिलो डिजे विकासको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।