सलमान र दीपिका पहिलोपटक जोडीका रुपमा आउदै
प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलवार १४:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
मुम्बई – दीपिका पादुकोण र सलमान खानको जोडी आजसम्म कुनै पनि फिल्ममा एकसाथ देखिएको छैन । दीपिकाले धेरै पटक सलमानसँग फिल्म खेल्ने मनसाय व्यक्त गरेकी भए पनि सलमानले अहिलेसम्म यस विषयमा ध्यान दिएका थिएनन् ।
धेरै पटक दीपिकालाई पनि सलमानको फिल्ममा रोल आकर्षक लागेन । तर अब यो जोडी पहिलो पटक देखिने भएको छ ।सञ्जय लीला भन्सालीका लागि दीपिका निकै महत्वपूर्ण छिन् ।
दीपिकाले आफ्नो करियरका तीन महत्वपूर्ण फिल्महरू, ‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ सञ्जय लीला भन्सालीको निर्देशनमा गरेकी थिइन् । यी फिल्ममा सञ्जयले उनलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरेका थिए ।
अहिले भन्साली ‘इंशा अल्लाह’ नामक फिल्म बनाउँदै छन् । फिल्मको शीर्षक दर्ता भइसकेको छ । भन्सालीले यो फिल्म सलमान खानसँग बनाउन थालेका हुन् । सलमानलाई पनि स्क्रिप्ट मन परेको छ ।
अहिले सलमान ‘भारत’ नामक फिल्ममा व्यस्त छन् । यसपछि उनी ‘दबंग–३’ को छायांकनमा व्यस्त हुनेछन् । त्यसपछि ‘इंशा अल्लाह’ को छायांकन हुनेछ ।
यो फिल्ममा दीपिका पादुकोण नायिका हुनेछन । सलमान र दीपिकाको जोडी फिल्ममा देख्न पाइनेछ । पहलो पटक दर्शकले यो जोडी देख्न पाउने भएका हुन् । भन्साली र सलमानले ‘खामोशी’, ‘हम दिल दे चुके सनम’ र ‘साँवरिया’ एकसाथ गरेका थिए । एजेन्सी