कांग्रेस कार्यसमिति दोब्बर हुने
प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार ०८:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौ, १८ भदौ । कांग्रेस केन्द्रीय कार्यसमितिको आकार अब झन्डै दोब्बर हुने भएको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान संशोधन मस्यौदा समितिले १ सय ५० जनासम्मको कार्यसमिति बनाउने गरी विधान संशोधन गर्न सैद्धान्तिक सहमति जुटाएको छ ।
Advertisement
‘केन्द्रीय कार्यसमिति पूर्ण रूपमा समावेशी बनाउनुपर्ने बाध्यताले अहिलेभन्दा झन्डै दोब्बर हुने अवस्था छ,’ समितिका एक सदस्यले भने, ‘१ सय २५ देखि १ सय ५० सदस्यीय हुन सक्ने सम्भावना देखिन्छ ।’ अहिले ८० सदस्यीय कार्यसमिति छ । पदाधिकारी संख्या बढाउने/नबढाउनेबारे मस्यौदा समिति सदस्यहरूबीच नै फरक धारणा छ । कतिपयले बढाउनुपर्ने ‘लबिइङ’ थालेका छन् भने कतिले भइरहेकै पदाधिकारीले काम नपाइरहेकाले बढाउनुको औचित्य नहुने अडान राखेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा कार्यसमितिसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने पक्षमा छन् । तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई व्यवस्थापन गर्नकै लागि भए पनि उनले पद बढाउन जोड दिएका हुन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।