प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा
प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलवार १०:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जनकपुर। नेकपा नेता प्रभु साहले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । नेता प्रभु साहले प्रदेश २ नेेेकपा अध्यक्षबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ साहको छ।
Advertisement