डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु
डुडुवा (बाँके), २ माघ । डुडुवा गाउँपालिकाका किसानलाई सहुलियतमा कृषि बीउ उपलब्ध गराउनका लागि कैराँती बीउ संकलन तथा प्रशोधन भण्डार निर्माणको प्रक्रिया शुभारम्भ भएको छ । गाउँपालिकाको वडा नंं. २ कैराँतीपुरवास्थित कोटही मातामा रहेको करिब १० कठ्ठा जग्गामा तीन बर्षे योजना अन्तर्गत् करिब साढे दुई करोडको लागतमा भण्डारण केन्द्र निर्माण प्रक्रिया शुरु गरिएको छ । सो भण्डारण केन्द्रको आज एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्नुभयो । शिलान्यास...
नेपालगञ्ज, ४ पुस । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत्का विद्यालयहरुमा स्थानीय अवधि भाषामा विपत् सम्वन्धि पाठ्यक्रम लागू हुने भएको छ । विद्यालयमा विपत् जोखिम न्युनीकरणका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको हो । सेभ द चिल्डेनको सहयोगमा बाँके युनेस्को क्लब र डुडुवा गाउँपालिकाको संयुक्त पहलमा पाठ्यक्रम निर्माण गरिएको छ । नेपाली भाषामा राम इकबाल मण्डल, बद्रेआलम खाँ, गोपीचन्द्र बर्मा र मोहम्मद हुसेन खाँको समूहले तयार पारेको पाठ्यक्रमलाई स्थानीय अवधि भाषामा उपलब्धिमूलक...
डुडुवा (बाँके), २७ मंसिर । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत नदी जन्य पदार्थको संकलनमा देखिएको कानूनी जटिलताको अन्त्य हुने भएको छ । नदी तथा खोलाबाट निमार्ण सामाग्री संकलनका लागि गाउँपालिकाले पहिलो पटक प्रारम्भिक बातावरणीय परिक्षण प्रतिबेदन (आइइई) तयार गरेको छ । यस अघि जिल्लामा नदी तथा खोलाबाट निमार्ण सामाग्री संकलनका लागि तत्कालिन जिल्ला विकास समितिले ठेक्का सञ्चालन गर्दै आएको थियो । स्थानीय तह स्थापनापछि गाउँपालिकाले पहिलो पटक बालुवा र...
नेपालगन्ज, २३ मंसिर। डुडुवा गाउँपालिकाको वडा नम्बर ५ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। इकरा पोलिक्लिनिक एण्ड डाईग्नोस्टिक सेण्टर कम्दि तथा डुडुवा गाउँपालिकाको सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शनिबार सम्पन्न स्वास्थ्य शिबिरमा डुडुवाका अध्यक्ष नरेन्द्र चौधरीको प्रमुख आथित्यमा वडा नम्बर ३,४ र ५ का ३०१ जनाले निशुल्क स्वास्थ्य जाँच गराएका थिए। डा.प्रकाश नाग सम्मिलित शिबिरमा फिजिसियन सेवा लगायत हाड जोर्नी, बाल रोग,...
नेपालगन्ज(डुडुवा) ,९ मंसीर। बाँकेको डुडुवा गाऊँपालिकामा स्वास्थ्य बिमाका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिमा अन्तर्गत बर्षभरीमा ५० हजारसम्मको स्वास्थ्य सेवाका लागी चेक जाँच र औषधीको सेवा लिन सकिने भएको छ। बार्षिक बिमा अन्तर्गत ५० हजारको औषधीका लागि दुई हजार पॉंच सय रूपैया लाग्ने भएको हो। नेपाल सरकार स्वास्थ्य बिमाद्वारा दिइने सहयोगमा बर्षभरीमा एक घरका ५ जना सदस्यहरुले सुबिधा लीन सकिने भएको छ। अभिमुखीकरण कार्यक्रम पश्चात गाउँपालिकामा स्वास्थ्य सुरक्षा संयोजन...
नरैनापुर (बाँके), कार्तिक २५ । संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ५ बर्षभित्रमा नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मन्त्री भएपछि पहिलोपटक नरैनापुर पुग्नुभएका मन्त्री राईको स्वागतका लागि गाउँपालिकाले गरेको कार्यक्रममा बोल्दै राईले विकासमा पछाडि परेको नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले आफ्नो मन्त्रालय अन्तर्गत्का केही योजना यो बर्ष पारेको छु, अन्य योजना आगामी बर्षमा थपिँदै जान्छन्,...
नेपालगन्ज,११ कार्तिक।अपराध न्यूनीकरण गर्न नेपाल प्रहरीले बाँकेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । हररप्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी भन्ने नारा सहित बाँके प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको हो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले हरेक टोल–टोलमा प्रहरीको सेवा पुर्याउनको लागि सबैको सहयोग आवश्यक रहेको बताए । समाजमा रहेको अपराध नियन्त्रण रोक्न र नेपाल सरकारको सम्बृद नेपाली सुखी नेपालीको अभियानलाई पनि सफल बनाउन समुदाय प्रहरी...
नेपालगन्ज, ३ कार्तिक।बाँके जिल्ला भरिमा बिजया दशमीको नवरात्रमा दुर्गा भवानीको मूर्ति राखेर पूजा गरिएको मूर्ति शनिवार विसर्जन गरिएको छ । बाँके जिल्लाभर क्षेत्रका मूर्ति डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीको सिधनिया घाट, मान खोलामा विसर्जन गरिएको छ। नव दुर्गा भवानीको चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शभकामना साटासाटका साथै माता दुर्गाको पूजा र दशहरा मेलामा समेत तनमन धनले सहयोग गरेका छन्। मूर्ति बिसर्जनका लागि बाँकेमाँ मात्रै ७०० बढ़ी सवारी साधन प्रयोग...
नेपालगन्ज,२८ असोज।डुडुवा गाउँपालिकामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता शुरू भएको छ।नब दुर्गा युबा क्लब कंदीको आयोजनामा भएको प्रतियोगिता उदघाटन गर्दै डुडुवा गाउँपालिका अध्यक्ष चौधरीले स्वस्थ रहनका लागि खेल जरुरी रहेको भन्दै युबाहरुलाई खेल क्षत्रमा लाग्नु पर्ने बताए। अध्यक्ष चौधरीले कंदिको छग्र्हवा स्तिथ खेल मैदानलाई ब्यबस्तिथ बनाउन आबश्यक बजेट दिलाउन पहल गर्ने बचन समेत दिएका छन। उदघाटन कार्यक्रममा उपाध्यक्ष साहिदा बानौ, जुडोका अंतरराष्ट्रीय खेलाडी पदम् बुढाथोकी लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा...
नेपालगञ्ज,१६ असोज। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्या अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेलीलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चालान गरेको हो । मुद्दाको सुनुवाई गर्दै बाँके अदालतका न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशले सोमवार उनीहरुलाई कारागार पठाएको हो । भदौ १४ गते राति हत्या भएको अन्नुका आफन्तले पोष्टमार्टम रिपोर्टमार्फत...