डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु
डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाको न्यायिक समितिमा निबेदन धेरै पर्दै गईरहेका छन् । गाउँपालिकामा रहेको न्यायिक समितिमा सम्बन्ध विच्छेदका घटना बढी दर्ता भएका छन् ।मधेसी मुस्लिम बाहुल्यता रहेको सो गाउँपालिकामा चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा सातवटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष साहिदा बानोले बताउनु भयो। उहाले ती मुद्दाका बारेमा सुरुमा सम्बन्धित पक्षलाई बोलाएर मेलमिलापको प्रयास गरिएको नमिलेपछि अदालत पठाउने गरेको बताउँनुभयो...
नेपालगन्ज । पतीको फरुवा आक्रमणबाट पत्नीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका ६ पट्वारीपुर्वाका ५० वर्षीय बुद्धिराम मुराउले फरुवाले आक्रमण गरेर आफ्नी ३५ वर्षीया पत्नी राधा मुराउको हत्या गरेका छन् । राधा बुद्धिरामकी दोस्री श्रीमती हुन् । घर नजिकैको बारीमा सिंचाइ गर्ने बेलामा मंगलवार बुद्धिरामले पत्नी राधालाई फरुवाले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले राधालाई मृत अवस्थामा फेला पारेको थियो ।उनका पती घटनालगत्तै फरार भएका...
डुडुवा(बाँके )।बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं–२ का स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं.–२ बेतहनी अन्र्तगतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो । बेतहनी स्वास्थ्य चौकीमा आज आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गरि डुडुवा क्षेत्रका नागरिकको स्वास्थ्य स्वस्थ रहनु पर्ने कुरा बताउनुभयो । उहाँले यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुरयाउने भन्दै...
डुडुवा (बाँके)।बाँकेको डुडुवा गाउँपालिकाको चौथौ गाउँसभा तथा हिउँदे अधिबेशन शुरु भएको छ । आज शुरु भएको गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आन्तरिकतर्फ संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाको सडक उपयोग दस्तुरको ठेक्काबाट थप रु ७२ लाख २५ हजार ५ सय १ र नदीजन्य पदार्थ उत्खनन तथा विक्री वितरणबाट रु दुई करोड ४८ लाख ५ सय ११ गरि जम्मा रु ३ करोड २० लाख २६ हजार १२ को...
बाँके : डुडुवा गाउँपालिकालाई पुर्ण खोप गाउँपालिका सुनिश्चितता र दिगोपनाका लागि रणनितिक कार्ययोजना निर्माण गरिएको छ । गाउँपालिकाद्वारा आज आयोजित सरोकारवालासंगको अन्र्तक्रिया कार्यक्रममा सो कार्ययोजना निर्माण गरिएको हो । कार्ययोजना अनुसार खोपबाट बञ्चित बालबालिकाहरुको तथ्याक संकलन, बाहिरबाट आएका बालबालिकाहरुको विवरण लिने, लक्ष्य अनुसारको प्रगतिका लागि देखिएका समस्या पत्ता लगाई सोही अनुसार कार्य गर्ने र दिगोपनाका लागि सम्पुर्ण कर्मचारी जिम्मेवारीपुर्बक काम गर्ने लगायत रहेका छन । कार्यक्रममा पुर्ण खोप गाउँपालिका घोषणापछि...
नेपालगन्ज। बाँकेस्थित नेपाल–भारत दसगजा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । सिमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल एपिएफ र भारतीय सिमा सुरक्षा बल एसएसबी ले संयुक्त रुपमा गस्ती गरेका हुन् । दसगजा क्षेत्रमा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहको कमाण्डमा २५ जना र भारतीय एसएसबी ४२ बटालियन नानपारा बहराईचका कमाण्डर प्रविन कुमारको कमाण्डमा १५ जनाको टोलीले...
नेपालगन्ज, ८ माघ ।बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ। अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ। स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बैंक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य गरिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्माले जानकारी दिनुभयो । बाँकेको डुडुवा गाउँपालिकाको प्रत्येक वडामा एकदिने शिविर सञ्चालन...
नेपालगञ्ज, ७ माघ । बाँकेमा फागुनदेखि इट्टाको मूल्य बढाइँदैछ । इट्टा बनाउन चाहिने कच्चा पदार्थ महँगो र कामदारको ज्याला बढेपछि यही फागुनदेखि लागूह हुने गरी मूल्य बढाउन लागिएको हो । इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खानले अब्बल इट्टाको मूल्य प्रति गोटा १५ रुपैयाँ हुनेछ भने लालपेटी र खञ्जडको मूल्य प्रति गोटा ११ कायम गरिएको छ । अहिले अब्बल इट्टाको मूल्य प्रति गोटा १३ रुपैयाँ छ भने लालपेटी र...
नेपालगन्ज,३ माघ । बाँकेका आठमध्ये सातवटा स्थानीय तह मध्य धेरैमा बारुणयन्त्र (दमकल) विहीन रहेका छन् । स्थानीय तहले दमकल खरिदका लागि कुनै चासो देखाएका छैनन् । नेपालगन्ज उपमहानगरपालिका मातहतमा अहिले एउटा दमकल रहेको छ भने अर्को पुरानो भएको दमकललाई लिलाम समेत गरिसकेको छ। नेपालगन्जमा अहिले एउटा दमकल भए पनि कुनै आगलागीका घटना भएमा यहाँको एउटा दमकलले नपुगे एरपोर्टबाट समेत दमकल आएर काम गर्ने गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरी...
विजय मल्ल/कम्दी(बाँके),२ माघ । प्रविधिमा आएको विकाससगैं यसले हाम्रो जिवन सहज र सरल बनाएकोछ। हाम्रो जिवनशैलीसंग प्रत्येक्ष जुडिएको प्रविधीले जसरी हाम्रा दिनहुँ दिनचर्यालाई सहज र सरल बनाएको छ त्यसरी नै यसले पारेको नकारात्मक प्रभाव झन् खतरनाक छन् । यदि तपाई ईन्टरनेटको पहुँचमा हुनुहुन्छ भने पक्कै तपाई सामाजिक सञ्जाल तथा युटुवमा घण्टौं झुण्डिनुहुन्छ । साथीभाईसँग कुराकानी गर्ने, नयाँ कुरा र जानकारीलाई पोष्ट, सेयर, कमन्ट र लाईक गर्ने कार्यमा नै बढि व्यस्त...