स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

आकस्मिक गर्भनिरोध चक्कीले निम्त्याउछ महिलाको स्वास्थ्यमा जटिल असर

अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की । यो जुनसुकै औषधी पसलमा पाइन्छ, त्यो पनि कम मूल्यमै । त्यसैले अहिले असुरक्षित यौन सम्पर्क गर्ने क्रम बढेको छ । विभिन्न अध्ययनहरुले यसै भन्छ । खासगरी किशोरवय, जो बिद्यालयमा पढ्दैछन् त्यही बर्गमा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढिरहेको छ । यसको सकारात्मक पाटो भनेको, संभावित दुर्घटनालाई रोक्नु हो । अर्थात अनिच्छित गर्भधारणपछि हुने अनेक किसिमको समस्या, झन्झटहरुलाई यसले पार लगाइदिएको छ...

पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

तुलसीपुर, दाङ, १२ जेठ  । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ । स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ । झाडापखालाका गम्भीर २३ जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको...

महिलालाई सेनेटरी प्याड बनाउने तालिम

नेपालगञ्ज, १० जेठ। नेपालगञ्जमा बेरोजगार महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न सिकाइएको छ । नेपालगन्ज उपमहानगरपालीकाको आयोजना, महिला उद्यमी संघ बाँकेको सहजीकरण र यूराशिया रेयुकाईको सहकार्यमामा नेपालगञ्जमा ५ दिने तालिम दिइएको हो । महिनावारीका समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न २३ वडाकै महिला सहभागी हुने गरि ५० जनालाई तालिम दिइएको हो । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारी प्याड...

गर्मीमा घमौराले दिक्क बनाएको छ भने यसो गरौं

गर्मी धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः – घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ । – घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ । – घमौरा आएको ठाउँमा...

सामाजिक विकास मन्त्रीद्वारा नेपालगन्जका अस्पतालहरुको निरीक्षण

केपी घिमिरे /बाँके , ३० बैशाख ।प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आईतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, भेरी अञ्चल अस्पताल र नेपालगन्ज र शिक्षा कार्यालय बाँकेको छड्के निरीक्षण गरेका छन। मन्त्रीद्वारा भेरी अञ्चल अस्पतालको ओटी , आइ- सि -यु, वार्ड, आपतकालीन बिभाग लगाएतका ठाउहरुको निरीक्षण गरेका थिए । मन्त्रीद्वारा बिरामीहरुले के कस्तो सेवा पाइरहेका छन् त्यस बारेमा जिज्ञासा राखेका थिए । यस्तै मन्त्री बरालद्वारा नेपालगन्ज मेडिकल...

नेपालगन्जमा पनि अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवश मनाईयो

नेपालगन्ज,२९ बैशाख।  नेपालगन्जमा शनिबार अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवश मनाइएको छ । बाँके जिल्ला नर्सिङ्ग संघको आयोजनामा शनिबार बिहान प्रभातफेरी गर्दै भेरी प्राबिधिक शिक्षालयमा एक कार्यक्रम गरी दिवश मनाइएको हो। शनिबार सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, खजुरा गाउपालिकाकी उपाध्यक्ष एकमाया बिक, बाँके  प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, भेरी अञ्चल अस्पतालका मेसु डा. बिरेन्द्र बहादुर चन्द ,जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्का,भेरी अन्चल अस्पतालकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ, नर्सिङ्ग संघकी अध्यक्ष लक्ष्मी...

औषधिमा लगाइएको सिण्डिकेट तोड्ने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

काठमाण्डौ,२६ बैशाख। स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले औषधिमा लगाइएको सिण्डिकेट तोड्ने घोषणा गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको घोषणा गरेकी हुन्। कार्यक्रममा बोल्दै उनले एउटै उद्योगबाट उत्पादन गरिएका औषधिहरूको मूल्य फरक–फरक हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिइन्। उनले सरकारले औषधिको विक्री, वितरणमा कडा निगरानी राख्ने पनि बताएकी छन्। स्वास्थ्य राज्यमन्त्री अर्यालले औषधिको विक्री वितरणमा हुने गरेका विकृति अन्त्य गर्न सरकारले कडा अनुगमन गर्ने योजना...

मध्यपश्चिम क्षेत्रीय अस्पतालः २४ जनाको दरबन्दी, ७ जनाबाट मात्र सेवा

सुर्खेत,२५ बैशाख।सुर्खेतको  वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल करिब १२ वर्ष अघिसम्म जिल्ला अस्पतालका रूपमा सञ्चालन भैरहेको थियो । साविकको मध्यपश्चिम क्षेत्रका नागरिकलाई विशेषज्ञसहितको सेवा दिने गरी अस्पतालको विकास गर्ने योजनासहित २०६२ सालतिर यसलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा नामाकरण गरिएको थियो। नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको अस्पतालको अघि क्षेत्रीय थियो तर सेवासुविधा जिल्ला अस्पतालको जति पनि थिएन। पछिल्लो एक वर्षमा भौतिक रूपमा अस्पतालको मुहार फेरिन थाले...

क्यान्सर अस्पताल खजुरामा एम्बुलेन्स सेवा संचालनमा

नेपालगन्ज,२४ बैशाख।  क्यान्सर अस्पताल खजुराले सोमवारदेखि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बाँके क्षेत्र नं.४ का तत्कालीन सांसद दलबहादुर सुनारले सांसद क्षेत्र विकास कोषद्वारा प्रदान गरिएको ८ लाख र अस्पतालको तर्फबाट २ लाख १२ हजार ४ सय रुपैयाँमा खरिद गरिएको उक्त एम्बुलेन्स संचालनमा ल्याइएको हो । सोमवार  पूजापाठपछि एम्बुलेन्स सेवा प्रारम्भको खजुरा गाउँपालिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका थिए । ...

११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जाजरकोटमा अस्पतालमा एक कर्मचारीको जागिर कायमै

जाजरकोट, २० वैशाख। बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ । अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ...