स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

सशस्त्र प्रहरी बाँकेले गर्यो रक्तदान कार्यक्रम, ४९ जनाले दिए रगत

कोहलपुर ।सशस्त्र प्रहरीले बाँकेको कोहलपुरमा   रक्तदान  कार्यक्रम गरेको छ।सशस्त्र प्रहरी ऐन २०५८ मा लालमोहर लागेको दिनलाई ऐतिहासिक दिनको सम्झनामा सशस्त्र प्रहरी बल, नेपाल  नं.३० गण बागेश्वरी बाँकेले “सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम”  सशस्त्र प्रहरील बक  नेपाल नं. ५४ गुल्म हे.क्वा.कैलाली (हाल कोहलपुर) मा  गरेको हो । रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका हुन् ।कार्यक्रममा सशस्त्र प्रहरी जवान्न तालिम शिक्षालय नौबस्ता, सशस्त्र प्रहरीबल नेपाल क्षेत्रीय अस्पताल कोहलपुर, क्षेत्रीय वर्कसप नौबस्ता बाँके, नं.३० गण बागेश्वरी...

दाङको लमही- गढवा राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै

दाङ । दाङको लमही गढवा सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही गढवा सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । विसं २०५६ मा निर्माण भएको पुलको अधिकांश ठाउँमा कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया पनि लागेका छन् । ‘पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ’, स्थानीय भीम ओलीले भने, ‘खाल्डा तत्काल...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ चिकित्सकले गरे सामुहिक राजिनामा

घोराही ( दाङ )।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत सम्पूर्ण चिकित्सकहरुले सामुहिक राजिनामा दिएका छन् । उपकुलपती संगीता भण्डारीको क्रियाकलाप प्रति असन्तुष्टि पोख्दै प्रतिष्ठानमा कार्यरत २५ जना चिकित्सकले विहीवार सामुहिक राजिनामा पत्र लेखेका छन् । कुलपति कार्यालय काठमान्डौं लगाएत जिल्ला प्रशासन कार्यालय दाङ समेत ५ स्थानमा बोधार्थ पठाइएको पत्रमा उपकुलपति डा। भण्डारीको कार्यसैलीका कारण सामुहिक राजिनामा दिएको उल्लेख गरिएको छ । उपकुलपतिले बारम्वार अनुचित बाहानामा स्पटिकरण सोध्ने गरेको, बर्खास्ती र...

नेपालगञ्जका दुई स्थानमा स्वास्थ्य सेवा केन्द्र संचालनमा

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा आएको छ । मङ्गलबार केन्द्रको उद्घाटन गर्दै वडा अध्यक्ष जुम्मन खाँले हरेक वडाबासीको स्वास्थ्य सेवाप्रति वडा कार्यालय सधै सचेत रहेको बताउनुभयो । स्वास्थ्य सबैभन्दा पहिलो आवश्यकता हो, वडा अध्यक्ष खाँले भन्नुभयो,– स्वास्थ्य केन्द्रका लागि वडा कार्यालयले सधै सहयोग गर्नेछ ।उहाँले वडा कार्यालयसँगै केन्द्रको भवन निर्माणका लागि पहल भईरहेको बताउनुभयो । नेपालगञ्ज उप–महानगरपालिकाका सिनियर अहेक अधिकृत हरिहर तिवारीले नगरभित्रका...

पुस्तक व्यवसायी संघ बाँकेको रक्तदान, ३० जनाले दिए रगत

नेपालगञ्ज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आज नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेको केन्द्रकी स्टाफ नर्स गुञ्ज कनोजियाले जानकारी दिनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवेदीले संघले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।...

३१ लाख लाग्ने एमबीबीएसमा ८० लाख सम्म असुल्छन् मेडिकल कलेज

काठमाडौं । मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ । मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत...

दुखमा समेत साथ दिने साथी बन्दै ‘सिभिल बैंक’

नेपालगन्ज । सिभिल बैंक सुखमा मात्रै नभइ दुखको समयमा साथ दिने बैंक बनेको छ। सिभिल बैंकले ल्याएको “सम्मान बचत खाता” ले गर्दा दुुुखमा समेेेत साथ दिएको छ। नेपालगन्जको सिभिल बैंकमा एक जना एक महिलाले पतिको मृत्यु पश्चात्  ७ लाख  रुपैयाँ पाइन। सिभील बैंकले केही महिना अगाडि  मात्र ल्याएको “सम्मान बचत खाता” अन्तर्गत  आकर्षक ब्याजका साथै उपचारमा एक लाखसम्म र दुर्घटना दुर्घटना भएर मृत्यु भएमा सात लाखसम्मको बीमा सुबिधा ल्यााएको...

नेपालगञ्जको वडा नम्बर ८ मा संचालित शहरी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न् बनाउदै

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ८ ले वडाभित्र संचालित शहरी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न् बनाउने नीति लिएको छ । आधारभुत स्वास्थ्य सेवा आम नागरिकलाई उपलब्ध गराउन सहज होस भनेर केन्द्र लागि अत्यावश्यक सामाग्री सहयोग गरेको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र गुप्ता(बैश्य), वडा सदस्य बिवेक वाजयपेयी लगायतले उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतम र केन्द्रका प्रमुख टेकबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गर्नुभयो । सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष...

नर्सिङ पढाउने कलेजले अबदेखि एक सय शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने

नेपालगन्ज । नर्सिङ पढाउदै आएका कलेजले अबदेेखि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ। ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई यो नियम लागू भएको हो।नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई...

भेरी अस्पतालमा डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा

नेपालगन्ज । भेरी अस्पताल डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा परेका छन् । अस्पतालको  हेमोडायलासिस युनिटमा उपचारको लागि आउने विरामीको चाप बढ्दो छ । विरामीको चाप अनुसारको डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा परेका छन् । भेरी अस्पतालमा मृगौलाको विरामीको चाप अनुसारको डायलासिस मेसिनको अभावमा ठूलो संख्यामा रहेका विरामीलाई सेवा दिन नसक्दा विरामी रोग थप्दै मृत्यु पर्खदै बस्नु परेको अवस्था छ । चारवटा मेसिन...