प्रदेश ५मा रहेका समाचारहरु
काठमाडौं। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने भएको छ। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम...
नरैनापुर(बाँके)।बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटेहिया गौशालामा रहेका गाईहरुको संरक्षणका लागि एक घर एक गाई अनुदान सहयोग सञ्चालन गरिएको छ । नरैनापुर गाउँपालिकाको सहयोगमा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयले प्रतिबद्धता जनाएका छन् । ‘गाई संरक्षणका लागि एक सय जति व्यक्तिले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,’ मटेहिया छाडा पशु व्यवस्थापन समितिका सचिव रामनिवास यादवले भन्नुभयो, ‘गौशालाको व्यवस्थापन र गाईको संरक्षणका लागि स्थानीयले स्वःस्फूर्तरुपमा सहयोग गर्ने भएका छन्,...
नेपालगञ्ज । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति नगरी हातेमालो र सहकार्य गर्नुपर्ने बताउनुभएको छ । नेपालगञ्जमा आज विहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले पछिल्लो समय विकासमा राजनीति गर्ने प्रबृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै विकासका लागि हातेमालो गर्न सबैसंग आग्रह गर्नुभयो । ‘विकासमा हातेमालो गरौं, द्विविधा र मतभिन्नता छ भने हल गरेर अघि बढौं तर अनावश्यक हल्ला फिंजाएर धमिलो पानीमा माछा मार्ने काम नगरौं,’ मन्त्री राईले...
नेपालगन्ज। कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन ७ को फाइनल आज नेपालगन्जमा हुुदैछ। फाइनलप्रतियोगितामा विभिन्न अडिसनमा छानिएका जम्मा २८ वटा समूहले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिनुभयो । भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिसनवाट ५ जना, बर्दियाकै गेरुवामा १० गते भएको अडिसनवाट ५ जना, ११ गते बाँकेको खजुरामा भएको अडिसनवाट ११ जना र बाँकेकै बैजनाथ गाउँपालिकामा शनिबार भएको अडिसनवाट ७ वटा गरी २८ समूह फाइनलका...
काठमाडौं ।अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ’। एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।काठमाडौं...
नेपालगञ्ज ।नेपालगञ्जमा यस पाली पनि रामलीला सञ्चालन गरिदैछ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन गरिने भएको हो । असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज– १३ बाँके बगियामा असोज १२ गतेदेखि रामलीला प्रारम्भ हुनेछ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गर्दैछ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन विभिन्न उप समिती निर्माण तथा जिम्मेवारी दिइएको छ ।...
हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा सल्यानी समाज बाँकेले शनिबार नेपालगन्जमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभासद कृष्ण केसी (नमूना), विशिष्ट अतिथी पूर्व डि.एस.पी. चिन्तामणी बुढाथोकी, समाजसेवी विनोद प्रताप शाह लगायतले सहभागीता सहित मन्तब्य व्यक्त गर्नुभएको थियो सल्यानी नारायण रुकमेली होटलमा सम्पन्न सो कार्यक्रमा लगभग ३५० जनाको सहभागिता रहेको सल्यानी समाज बाँकेका अध्यक्ष दंशरथ चन्दले जानकारी दिनुभयो । यस...
लक्ष्मण बस्नेत / (तुलसीपुर)दाङ ।दाङको तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संचालन गरिन लागेको जिल्ला स्तरिय फुटबल प्रतियोगिता आउदो असोज १० गतेदेखि सुरु हुुनेछ । स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहने आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिलबाबु...
काठमाडौं । अबदेखि ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन। अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउने छ। मुद्दाको अभियोजन पनि अन्य नागरिक सरह सामान्य अदालतमा सरकारी वकिलले गर्नेछन्। सर्वोच्च अदालतको पूर्ण इजलासले स्पष्ट नजिर कायम गर्ने गरी बिहीबार यस्तो फैसला गरेको छ। फैसलापछि नागरिक प्रकृतिका सैन्य कसुर सैनिक अदालतको क्षेत्राधिकारबाहिर हुनेछन्। फैसलासँगै सैनिक ऐनले स्पष्ट किटानी गरेबाहेकका सबैखाले अपराधजन्य...
नेपालगन्ज । गत बिहिबार राती मोटरसाइकलको ठक्करबाट नेपालगन्जमा एक जना ब्यक्तीको मृत्यु भयो। मृत्यु भएका अन्दाजी ३८-३९ बर्ष उमेरका ब्यक्तीको शुक्रवार राती मात्रै सनाखत भएको छ। मृतक दैलेख जिल्ला नारायण नगरपालिका ४ काा कर्ण बहादुर खड्का रहेको खुुुल्न आएको नेपालगन्ज मेडिकल कलेजका प्रहरी प्रमुख नरेश डागीले बताए।खड्कालाई बिहिबार राती १० बजे कोहलपुरदेखि नेपालगन्ज आउँदै गरेको भे ३ प ९५७६ नम्बरको मोटरसाइकलले नेपालगन्जको कारकादो नजिक पैदैल हिड्नेे क्रममा ठक्कर दिएको थियो। ठक्कर पश्चात्...