‘कमली’ उपन्यास बजारमा
प्रकाशित मिति : २०७३, २७ मंसिर सोमबार १७:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ,२७ मङ्सिर । किरण ढुङ्गानाद्वारा लिखित ‘कमली’ शीर्षक उपन्यास आजदेखि बजारमा आएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी र प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
लेखक ढुङ्गानाले यसअघि ‘मोन्ट्रियल क्याफे’ शीर्षक पुस्तक सार्वजनिक गरिसक्नुभएको छ । ‘कमली’मा राणाकालीन ऐतिहासिक अवस्था र घटनाक्रमलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
विमोचन कार्यक्रममा जोशीले प्रस्तुत कृति एउटा सशक्त लेखन भएको टिप्पणी गर्नुभयो । प्रमुख सूचना आयुक्त बाँस्कोटाले उपन्यासका घटना रोचक र तथ्यमा आधारित रहेको विचार व्यक्त गर्नुभयो ।
उपन्यासकार ढुङ्गानाले कृति सबैका लागि पठनीय रहेको जिकिर गर्नुभयो । लेखक ढुङ्गाना करिब चार दशकदेखि क्यानडामा रही नेपालको साहित्यिक विकासमा लागिपर्नु भएको छ । रासस
Advertisement