खाम भित्रको माया
प्रकाशित मिति : २०७३, १ माघ शनिबार ११:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
१ माघ। ‘भ्यालेन्टाइन डे आउँदैछ नि निष्ठा?’
Advertisement
‘ए हो र? कहाँ आउँदैछ? कहिले आउँदैछ? कि हिँडिनैसक्यो? कतिखेर आइपुग्छ? एयरपोर्ट लिन जानुपर्छ?’
ऊ गम्भीर भएर मलाई प्रश्न गर्दै थियो, म रमाइलो गर्दै ठट्याउली पाराले उसलाई जवाफ दिँदै थिएँ ।
उसलाई मेरो यही बानी मन पर्दैन जब ऊ गम्भीर हुन्छ म हल्का भइदिन्छु । तर मलाई उसको चाँहि यही बानी मनपर्छ किनकि जब ऊ गम्भीर हुन्छ तब उसलाई जिस्काउन मज्जा लाग्छ । यतिमात्रै हो र उसलाई जिस्काइसकेपछि उसको फुलेको गाला, कुच्चिएको आँखा र खुम्चिएको निधारको इमाजिनेशन गरेर फेरि उसलाई नै वर्णन गर्नुको रमाइलो नै बेग्लै हुन्छ।
‘अब बिहे गर्नुपर्छ हामी?’
‘तिम्रो न्यू इयरको संकल्प यही नै हो कि क्या हो डियर, यो वर्षचाँहि जसरी पनि निष्ठालाई बिहे गर्न मनाउँछु भन्ने।’
‘कस्तो कुरा नबुझेको तीन÷तीन वर्ष भइसक्यो हामी रिलेसनसिपमा भएको तिमीलाई हतार छैन?’
‘ठीकै छ नि अर्को वर्ष चार वर्ष हुन्छ, त्यसपछि अर्को साल फेरि पाँच वर्ष हुन्छ। बिहे गरौँला नि कसले नगर्ने भनेको छ र, विस्तारै गरौँला।’
‘एउटा कुरा भन्छु, प्लीज निष्ठा साँचो बोल ल।’
‘कहिले झुठो बोलेको छु र?’
‘तिम्रो कोही छ हो त्यहाँ?’
‘छ नि धेरै जना हुनुहुन्छ, आफन्तहरू छन्, पुराना, नयाँ साथीहरू छन्, यूनिमा टिचरहरू छन्, काममा बोस, म्यानेजरहरू छन्, धेरै अपरिचित छन्, बाटामा धेरै अन्जान भेटिन्छन्, तिमीलाई पनि महसुस गर्छु, तिमी छौ यहाँ सबै छन् यहाँ।’
‘तिमी कतै बसेर कुरा गर्छौ प्लीज, यहाँ नेटवर्क राम्रो छैन अनि तिम्रो कुरा काटिएर आइरहेको छ।’
‘सुन न, मलाई ट्रेन समात्न ढिलो भइसक्यो, काममा अरु स्टाफहरूको रोस्टरहरू पनि मिलाउनु छ, बल्ल स्टाफहरू होलिडे सकिएर काममा आउँदैछन्, त्यसैले आज यो काम ट्रेनमा नै बसेर फाइनल गर्छु। हामी पछि कुरा गरौं न है।’
‘म तिम्रो ब्वाइफ्रेड हुँ, वाट्स रङ् वीथ यू?’
‘किन र ब्वाइफ्रेन्डलाई पछि कुरा गर्छु भन्न मिल्दैन र?’
‘टु…टु…टु…’ फोन काटिन्छ ।
म अझ दौडिदै ट्रेन समात्न जान्छु, स्टेशन पुग्नेबित्तिकै अनाउसमेन्ट हुन्छ– टेन हयज विन डिलेड। स्टेशनभरी मानिसहरु कराउन थाल्छन्। कोही कोही त कस्टमर सर्भिसरसँग झगडा पनि गर्दैथिए, कस्तो मूर्ख थोडी त्यो कस्टमर सर्भिसरले ट्रेनलाई जान नदिएर ठेलेर राखेको हो र?
यसो सबैको अनुहार नियाल्छु । विचरा सबैको आ–आफ्नो पीर मर्का छ। सबैको आ–आफ्नो खुसी र समस्या पनि छ। सबैजना केही न केही झेलिरहेका छन्।
केही खुसी र केही समस्या बोकेर म जस्तै यात्री हरेक दिन ट्रेन चढ्छन् र हरेक साँझ लथ्राकलुथ्रुक गर्दै ट्रेनबाट ओर्लन्छन्, कठै जीन्दगी। कठै कल्याण थापा, कठै निष्ठावती चन्द। सबैको जय होस् ।
कल्याणको म्यासेज आउँछ– सायद तिमी हाम्रो सम्बन्धलाई लिएर सिरियस छैनौँ जस्तो छ, त्यसैले अब हामी मुभ अन हौं।
ट्रेन आउँछ, मलाई कामको रोस्टर बनाउनु छ । प्रेमकल र म्यासेज रिप्लाइको रोस्टर काम सकिएपछि। मेरो मनको सल्लाह अनि त्यही गर्छु।
… ‘ओइ बाँदर तिमी स्काइपमा आउन है।’
‘बत्ती छैन यहाँ।’
‘हो र? ला कुलमानले राजीनामा दिए।’
‘होइन हो, मेरो घरको बत्तीको फ्युज उड्यो।’
‘घरको बत्तीको फ्युज त उडेको हो नि हाम्रो मनको होइन नि डियर कल्याण, साइबर जाऊ तिम्रो फुलेको अनुहार हेर्न मन छ।’
‘तिमीले जे जे भन्यो त्यही त्यही नै मान्नुपर्छ, तिमीलाई हेर्न मन लागेको बेला मैले अनुहार देखाउनु पर्ने अनि मैले एकछिन बसेर कुरा गर न भन्दा तिमीलाई ढिला हुने?’
भर्खर त कामबाट आएको, कामको यूनिफर्म पनि खोलेको छैन, हात मुख पनि धोएको छैन, मोजा पनि खोलेको छैन, आफ्नै जीउ गनाइरहेको छ, अब आफैं बुझ न मलाई कस्तो ढिला भएको रहेछ कि हत्तपत्त तिमीलाई फोन हानिहालेँ।
‘तिम्रो यस्तो घुमाउरो कुरा बुझ्दिन निष्ठा, पोइन्टको कुरा गर।’
‘नाइँ म त रेक्टयाङ्गलको कुरा गर्छु।’
‘तिमीले मलाई रिस उठाउँदै छौ है।’
‘ठिक छ नि रिसाउँदा पनि आफ्नै, खुसी हुँदा पनि आफ्नै।’
‘फोन काट्छु है।’
‘हुन्छ, अनि एकछिन पछि फेरि जोड न है।’
‘तिमी कुरा बुझ्दैनौ, तिम्रो दिमागमा गु छ कि क्या हो।’
‘हो नि तिमी छौ नि।’
म खित्का छोडेर हाँस्छु। ऊ रिसाएर फोन काट्छ।
म कल ब्याक गर्छु, तर उसले उठाउँदैन।
मोबाइल चार्जमा राखेर म नुहाउन जान्छु। नुहाएर फर्कँदा दश मिसकल आएको रहेछ। म्यासेज त कति हो कति । उसलाई फेरि कल ब्याक गर्छु उसको फोन अफ थियो । गुड नाइट डियर कल्याण, भोलि कुरा गरौँला भनेर म सुत्छु। बिहानैको सिफ्ट भएकोले मलाई चाँडो सुत्नु पनि थियो।
थकाइले चुलुम्म निदाँएछु। मोबाइल साइलेन्समा थियो । बिहान उठ्दा कल्याणको मिसकल, भाइबर कल, स्काइप कल र म्यासेजले मोबाइल भरिएको थियो। यहाँ बिहानको ६ बजेको थियो, यसको मतलब नेपालमा रातिको दुई बजेको थियो। मलाई लाग्यो– ऊ सुतिरहेको छ, डिस्टर्ब नगरौं अनि मैले पनि कल ब्याक गरिनँ, बेलुका कुरा गर्छु बेबी तिमी सुत भनेर एउटा म्यासेज गरें र म आफ्नो कामतिर हिँडे।
बेलुका फेरि कल्याण रिसायो र भन्यो–मेरो फोन नलागेपछि तिमीले किन घरमा फोन गरेनौ, किन भाइ बहिनीको मोबाइलमा फोन गरेर मलाई खोजेनौ?
मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु ।
‘तिमी बद्लियौ।’
‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’
‘तिमी नजिस्क त मसँग।’
‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’
‘के था तिम्रो त मुड चेन्ज हुन पनि सक्छ।’
‘कैलाश चिया हो र मुड चेन्च हुन।’
‘तिमीसँग डिस्कस गरेर म सक्दिनँ। निष्ठा माताको जय। तपाईँको कल्याण होस् माता।’ कल्याण त मेरै हो नि।
‘मनले चिताएको पुगोस् बालक। भाग्यमानी भएस्।’
मेरो बाबु राजा! मेरो जहान
हामी दुबै हाँस्यौं।
धेरै दिनपछि हामी त्यसरी हाँसेका थियौं। मेरा साथीहरू मलाई सोध्छन् ‘कल्याणमा हुन पर्ने स्वभाव किन निष्ठामा छ, निष्ठामा हुनु पर्ने स्वभाव किन कल्याणमा छ?’ उनीहरु यो पनि भन्छन्– तँ कल्याणलाई सताइसताई प्रेम गरिरहन्छेस् अनि कल्याण हरेक पटक फोन काटी काटी पनि तँलाई प्रेम गरिनैरहन्छ । ठ्याक्कै फरक धारका हामी एकअर्कालाई बुझ्न र एउटा गति दिन हरेक दिन सङ्घर्ष गरिरहन्छौ अनि दुबै यो सङ्घर्षबाट नथाकेका हामी एक झिल्को आशा बोकेर प्रेमदीपमा तेल हालिरहेका छौं।
कल्याण सोच्छ– म बदलिएँ, मैले उसलाई प्रेम गर्न भुलेँ। म कल्याणलाई सम्झाउँछु– कसरी यस्तो सोच्न सक्छौ तिमी म कसरी बदलिन सक्छु र प्रेम त प्रेम हो, मैले तिमीलाई गरेको प्रेम, यो पनि भुल्न सकिन्छ र?
विवाह नै अन्तिम बिन्दु होइन प्रेमको, आजकाल मलाई यस्तो लाग्न थालेको छ, कल्याण सोच्न थालेको छ प्रेमको सफलता नै विवाहमा छ। यसमा न त म गलत छु जस्तो लाग्छ, न त कल्याण पनि गलत नै छ। ममा प्रेमलाई महसुस गरेर एक्लै जीवन बिताउन सक्छु भन्ने घमण्ड छ, कल्याणलाई यति लामो पर्खाइपछि पनि हामी विवाह गर्न सफल भयौं भनेर देखाउन ठूलो इच्छा छ। उसले एकदिन साथीको विवाहको जन्ती गएर आएपछि मलाई स्काइपमा पैसाको नखोलेको खाम देखाउँदै भन्याथ्यो–निष्ठा, तिम्रो माया नि साँच्चै यो खाम भित्रको पैसा जस्तो छ, कति छ भनेर थाहा पाउनै गाह्रो।
सायद तिमीले सही भन्यौ कल्याण मलाई डर लागिरहेछ तिमीलाई कतै मेरो माया थाहा पाउन गाह्रो हँदाहुँदै हामी दुई किनारा बन्छौ कि?