अनुसन्धान मा आधुनिक हुँदै नेपाल प्रहरी
प्रकाशित मिति : २०७३, १२ माघ बुधबार १०:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चाहे पत्र- पत्रिका होस या फेसबुक को स्ट्याटस, चिया पसल मा होस या माइक्रो बसको सिट मा। नेपाल प्रहरी को बारेमा केही पढ्ने वा सुन्ने हो भने आलोचनत्मक र नकारात्मक धारणा बाहेक केही पाँइदैन। हालै प्रहरी मेरो साथी नामक अभियान सुरु भऐतापनी, जनधारणा बुझदाप्रहरी हाम्रो साथी हो की हाम्रो शत्रु भन्ने कुरामा सोच्न बाध्य बनाँउछ। चाहे चोर तर्साउन होस या साना बच्चा हरुलई, सबैलाई प्रहरी को नामै काफी छ। यस भयंकर पात्र को रुपमा प्रहरी कसरी आऐ भन्ने कुरा सोच्नुपर्ने विषय हो। यि नकारात्मक धारणाको कारण जे सुकै भएपनी यथार्थ बुझ्ने हो भने, कुरा फरक छ।
Advertisement
प्रहरी ऐन २०१२ बमोजीम प्रहरी को परिभाषा “ यस ऐन अन्तरगत नियुक्ती भऐको व्यक्ती” भनेर भनिएको छ। सो ऐन बमोजीम प्रहरी को कर्तव्य: शान्ति र व्यवस्थालाई असर पार्ने खालको खबर संकलन गर्नु रमाथिल्लो अधिकारीलाई जानकारी दिनु, अपराधको रोकथाम गर्नु र जनतालाई अनावश्यक झन्झटमापर्नबाट बचाउ गर्नु, अपराधीहरू पत्ता लगाउनु र अपराधीलाई कानुनबमोजिम सजायगराउनु आदी छन्। समग्र मा भन्नुपर्दा, समाज को सान्ती, सुव्यवस्ता र सुनिस्चिततालाई जोगाउनु र समाजिक अनियमिततालाइ हटाउनु प्रहरी को काम कर्तव्य हो। अझ कानुनी प्रक्रिया मा फौज्दारी न्यायप्रणालि को प्रथम कार्य प्रहरीको हो। अपराध को अवस्था र यसको कारण को अनुसन्धान गरी कानुन बमोजिम कारवाही गर्नु प्रहरीको मुख्य कार्य हो। सोही ऐन को खण्ड १२ मा प्रहरी हमेशा ड्युटी हुनपर्ने प्रहरी को कर्तवय हो भनेर भनिऐको छ। तस्अर्थ हमी राती निर्धक्क भई सुत्नु देखी कुनै अवरोध बिना कानुनको दायरामा रही आफ्नो काम ढुक्क संग गर्नु सम्म को श्रेय नेपाल प्रहरीलाई जान्छ।
कोशिश गिरी
निर्वाण जङ्ग कार्की
यसको मत्लव हाम्रो समाजमा हुने अपराधलाई हाम्रो प्रहरीले पुर्ण रुपमा समाधान गरेको छ भन्ने होईन । अपरध त समय र समाज को परिवर्तनशिल्ता संगै नयाँनौलो हुँदै जान्छ। यसै परिवर्तनशिलतालाई आधारभुत प्राङगण बनाई “के हाम्रो प्रहरी सान्धरविक रुप मा प्रगतीशिल छ?” भनेर प्रशन गर्न मिलछ। अवस्य छ। नेपाल प्राविधिक रुपमा अरु मुलुक भन्दा कम छैन।शि.आई.बी को ६ न. पिलर भन्ने साखा खास गर सुचन प्रविधी संग संबन्धीत साखा हो। यस साखा ले एटिएम फ्रड देखी सबै खालिको साईबर अपराध को बारे मा अनुसन्धान गर्छ।
नेपाल मा पहिले सरजमिनको आधार मा अनुसन्धान हुन्थ्यो केही धटना घटे, त्याहाँ सुन्ने देख्नेको सर्जमिन लिई अनुसन्धान गरिन्थो। समय को अन्तराल मा प्रमाण आधारित अनुसन्धानले प्रतिस्थापना गर्यो ।कालान्तरमा यस प्रमाण आधारित अनुसन्धान पर्याप्त नभऐर अहिले सामाजिक गतिशिलतालाई ध्यानमा राखी टेक्नो बेस्ड ईन्भेस्टिगेसन अर्थात प्रविधि अआधारित अनुसन्धान भित्रीइको छ ।खालिको अनुसन्धान आयो । अहिलेको परिस्थितीलाई मध्यनजर मा राखी यस प्रकार को प्रद्धती अपनाउनुपरेको हो। अहिलेको अपराध पनि उत्तिकै जटिल हुने भऐर यसको आवस्यक्ता छ। यस को उधाहरण हरु निम्नलिखित छन्–
डिजिटल फोरेनसिक ल्याब
२०७२/१८/२४ मा स्थापित डिजिटल फोरेनसिक ल्याब, आधुनिक सुचना प्रविधिको बढ्दो प्रयोगसँगै हुने अपराध नियन्त्रण गर्न यस प्राविधिको स्थापना गरिएको हो। अपराधमा आधारित कुनै किसिमको प्राविधिक वस्तुको विश्लेषण गर्न यस डिजिटल फोरेन्सिक ल्याबको ठुलो भुमिका रहेको पाईन्छ। विशेषगरी साईबर अपराध, पाईरेसी जस्ता अपराध नियन्त्रण गर्न यस प्रविधि को ठुलो योगदान छ।
पोलिग्राफ टेस्ट
सन २०७०/ १०/ १२ मा पोलिग्राफको स्थापना भयो। यस पद्दतीले कसैको मनोशारीरिक परिवर्तनलाई विश्लेषण गरेर त्यस व्यक्तिले झुठो बोलेको हो कि साँचो भन्ने कुरा पत्ता लगाउन मद्धत पुर्याँउछ। यो प्रविधि अहिले क्षेत्रीय तहसम्म रहेको छ र केही सिमित ठाँउमा बाहेक सबै क्षत्रमा यस को प्रशिक्षण केन्द्र समेत राखिऐको छ। यस पोलिग्राफ पद्धतिबाट अनुसन्धानको प्रकृया छोट्टीन जान्छ र न्याय निरुपणमा ढिलाई हुन बाट जोगाँउछ। ‘जस्टिस डिलेड् इज जस्टिस डिनाईड’ अर्थात न्याय निरुपणमा ढिलाई गर्नु भनेको न्याय नपाउनु हो भन्ने सिद्दान्तलाई पोलिग्राफिक टेस्टले धेरै हदसम्म जोगाँउन मदत पुर्याँउछ र न्याय निरुपण को बाटोलाई सहज बनाँउछ।
१२ लाख पर्ने यस मेसिन को तालिम खर्च पनि उत्तीकै महङ्गो छ। नयँ पत्रिकाको एक लेखमा अमेरिकाले नेपाललाईपोलिग्राफ को लागी सहयोग पुर्याएको भनेर प्रवक्ता एसएसपी गणेश केसीले भनेको भनेर लेखिएको थियो। पोलिग्राफ टेस्ट शाखाका अनुसार २०७६ असारमा कर्तव्य ज्यान ७५, धुस २०, चोरी २७ र आन्तरिक ४ गरी १२६ जनाको पोलिग्राफ गर्दा १० जना न्युट्रल देखाऐको , कतपय मुद्दामा अदालतले पोलिग्राफलाई मात्रै प्रांणको आधार नमानेको पाईन्छ। अर्थात पोलिग्राफ मात्रैले अभियुक्तलाई दोषी ठहर गर्न मिल्दैन, यसका लागि पर्याप्त प्रमाण चाहिने भन्ने उल्लेख गरेको पाईन्छ । तसर्थ पोलिग्राफ जस्तो डिजिटल अर्थात प्राविधिक यन्त्रले अनुसन्धानमा प्रमाणलाई फलदाई बनाउन ठुलो भुमिका खेलेको पाईन्छ।
कुकुर तालिम
शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागी २०३२ सालमा प्रहरी डग सेक्सन स्थापना भएको थियो अहिले नेपाल प्रहरी सँगै अपराध पत्ता लगाउन यी कुकुरहरुको ठुलो भुमिका रहेको छ। यी कुकुरहरुले कुनै पनि अपराध धटेको २४ घण्टा भित्र मात्र सफल अनुसन्धान गर्न सक्षम रहेको पाईन्छ। नेपाली प्रहरीले अहिले थप ४ वटा कुकुर ४ दिनसम्मको अनुसन्धान गर्ने मलेसियाबाट झिकाँउदै छ।
विधिविज्ञान प्रयोगशाला
विधिविज्ञान प्रयोगशालाको स्थापना २०१७ साल मा सामाखुसीमा भऐको हो। अपराधसङग सम्बन्धित फोटोग्राफी, फिङगर प्रिन्ट, विष्फोटक पदार्थ, भिसरा जाँच तथा लागुऔसषधको सफल अनुसन्धान यस विधिविज्ञान प्रयोगशालामा गरिन्छ। त्यसैगरी नेपाल प्रहरीलाई विभिन्न छिमेकी राष्ट्रले सहयोग गरेको पाईन्छ। नेपाल प्रहरी चिनिया प्रविधिको डिजिटल ट्रयाकिङ्ग सिस्टम ३० जनवरी २०१३ मै ल्याई प्रतिस्थापना गरिसकेको छ। त्यसैगरी भारत सरकारबाट पनि ७१६ गाडी र चिनिया सरकारबाट लोकेसन रिडेबल वाकेटकी( सञ्चार सेट) २०७०/५/१२ मा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो।
यिबाहेक अपराध अनुसन्धान मा दुरसंचार, ईन्टरनेट सेवा प्रदायक संस्था आधुनिक अनुसन्धानकोलागी प्रयोग गरिने संयन्त्रको रुपमा समन्वय गरेर साईवर अपराध अनुसन्धान सम्पन्न भएको छ। २०५५ साल तिर अपराध र अपराधी सुचना प्रविधि को स्थापना भऐको थियो जसबाट सबै अपराध र अपराधी को डाटाबेस हेर्न र राख्न सकिन्छ।
यि पद्धती हरु को प्रयोग बाट थुप्रै जघन्य अपराध हरुको मुद्दा किनारा भऐको छ। सल्यानको रानागाँउ मा एकै परिवार को ३ जना सहित ४ जनालाई ज्यान मारेको र ऐक मानसिक सन्तुलन ठिक नभऐको महिलालाई पनि सख्त धाईते बनाँउने अभ्युक्त सन्जय भारतीलाई कुकुर र डिजिटल फोरेन्सिक ल्याब मार्फत गरेको अनुसन्धानको आधारमा पक्रिएको थियो। त्यसै गरी न्यायधिस रणबहादुर बम हत्या काणड, रानिबन हत्याकाण्ड, जनकपुर बम काणड लगायत प्राविधिक अपराध जस्तै ऐ.टि.एम स्क्याम, नेपाली राष्ट्र फुटबल खेलाडीको राष्ट्र घात, अपरेसन क्व्याक(quack) नामकनक्कली डाक्टर को छान्बिन जस्ता जटील मुद्दा हरु प्रविधि को मार्फत किनारा गरेको छ।
यसको अर्थ नेपाल प्रहरी मा कमि कम्जोरी नै नभएको हैन। तर पहिलेको भन्दा नेपाल प्रहरीमा धेरै सुधार आऐको छ। सुन्तली धामी प्रहरी नै भईकन प्रहरी कार्यलयमै सहकर्मी द्वारा बलात्कृत हुन पर्यो र प्रतिवेदन लिन इन्कारी गरिऐको थियो। त्यसै गरी स.ई नर बहादुर सुनारलाई रु १५०००० रकम सहित अभ्युक्त बाट धुस लिरहेको अवस्था मा पक्रिएको थियो। यि बाहेक प्रहरीहरु बाट थुप्रै अनैतिक र अपराधीक कृयाकलाप भएको छ तर यि विकृत कार्य हरु संस्थागत नभई व्यक्तिगत कसुर हुन।
प्रहरीको कमिकम्जोरीलाई वास्तव मा सकारात्मक पक्ष ले अल्पसंखित गर्छ र प्रहरी हाम्रो साथी हो भन्ने कुरालाई साबित गर्छ। प्रविधीको विकास मा भने नेपाल प्रहरी निकै अगाडी गएको छ। नेपाल प्रहरीले समयको र अपरध को विकासलाई ध्यानमा राखीसान्दरभिक रुपमा आफुलाई पनि विकसित गरेको छ र वास्तव मै नेपाल प्रहरी को अनुसन्धान प्रकृया आधुनिक र सक्षम छ भनेर देखाँउछ।