स्थानीय निर्वाचनले पढाएको पाठ
प्रकाशित मिति : २०७४, २८ जेष्ठ आईतवार ०८:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रामनारायण विडारी
नेपालगन्ज ।
भरतपुर महानगरपालिकामा स्थानीय तहको निर्वाचन सुरु हुनुभन्दा पहिलादेखि नै सञ्चारमाध्यम र राजनीति क्षेत्रमा चर्चामा थियो । यसको मुख्य कारणमध्ये एक यो तराई क्षेत्रको भूभाग तर तीन नं प्रदेशमा पर्ने पहाडीया मूलका मानिस बसोवासको क्षेत्र हो । दुई राजनीतिक रूपले बढी सचेत भएको जिल्लामध्ये पर्ने नगरपालिका हो । तेस्रो यहाँ उम्मेदवार कम्युनिष्ट झण्डा बोक्ने दलको मात्र प्रमुखमा उम्मेदवारी भएको । चौथो नेपाली काँग्रेस र माओवादी केन्द्रको निर्वाचनमा प्रमुख उपप्रमुखमा सहकार्य भएको थियो । पाँचौ यो नगरमा नेपाली काँग्रेसको अलि बढी प्रभाव भएको तर प्रमुखको उम्मेदवार माओवादी केन्द्रको भएको । छैठाँैमा माओवादी केन्द्रको उम्मेदवार बहालवाला प्रधानमन्त्री प्रचण्डको छोरी भएको । साताँै नेपाली काँग्रेसका स्थानीय स्तरका कार्यकर्ता सहकार्य गर्न प्रारम्भिक अवस्थामा अस्वीकार गरेको । माथिका करिब आधा दर्जनभन्दा बढी कारणले देशका प्रमुख सञ्चारमाध्यम र राजनीतिक क्षेत्रमा यो नगरको निर्वाचन अत्यधिक चर्चामा रहेको थियो ।
Advertisement
एमाले अध्यक्ष के.पी शर्मा ओलीले त यो नगरको चुनावलाई सुरुदेखि नै मुख्य मुद्दा बनाउनु भएको थियो । उहाँले प्रायः हरेक सभामा भाषण गर्दा छोरी जिताउन अप्राकृतिक गठबन्धन भएको छ । असैद्धान्तिक तालमेल गरेको छ । एमालेसँग डराएर यस्तो सिद्धान्तहीन चुनावी साँठगाठ गरिएको छ भनेर देशभरमा सुरुदेखि नै प्रमुख मुद्दा बनाउनु भएको थियो । वास्तवमा यसलाई यति धेरै बढाइ चढाइ गरेर प्रचार गरिराख्नुपर्ने अवस्था थिएन । रक्त नाता परेको कारण रेणुलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको होइन । स्थानीय पार्टीको निर्णय सिफारिसको आधारमा बनाइएको हो ।
काँग्रेससँग केन्द्रीय सरकारमा सहकार्य भएकोले स्थानीय सरकारमा पनि काँग्रेससँग नै तालमेलको प्राथमिकता माओवादी केन्द्रले तोकेको हो । विस्तृत शान्ति सम्झौताको दुई पक्षमध्ये एक पक्ष माओवादी केन्द्र हो भने अर्को पक्ष नेपाली काँग्रेस नै हो । तसर्थ सङ्क्रमणकाल नसकिउन्जेल काँग्रेससँग सहकार्य गर्नु सैद्धान्तिक तथा राजनीतिक उपयुक्तता हो भन्ने माओवादी केन्द्रको ठहर समय सापेक्षमात्र होइन, वाञ्छनीयसमेत छ । रेणु दाहाल माओवादी जनयुद्धको योद्धा हुन् । पार्टीको जिम्मेवार पदमा अहिले पनि अवछिन्न रूपमा पूर्ण समय खटेकी छिन् । उनी माओवादी केन्द्रको इमानदार, असल र जुझारु नेता हुन । अनि मात्र उनी प्रचण्डको छोरी पनि हुन् । उम्मेदवार प्रचण्डको छोरी हैसियतले होइन माओवादी नेता एवं कार्यकर्ताको कारणले भएकी हुन् । यति कुरा पनि बुझ्न नसक्ने ?
निर्वाचन सकिएपछि मतगणना सुरु भएदेखि एमालेका केही नेताले यो नगरको चुनावलाई खोचे थाप्ने माओवादी विरुद्धमा एम्बुस थाप्ने, खुराफाती, षडयन्त्र गरिरहेको थियो । जब माओवादी केन्द्रकी रेणुले एमालेको देवीसँग तीन चार हजार मतले पछाडि परिरहेकी थिइन् तबसम्म एमाले खुसी थियो । विस्तारै रेणुले मत वृद्धि गर्दै तीन चार सय अन्तरमा ल्याउदै थिइन् तब एमाले भित्रका केही व्यक्तिले मत गणनास्थलमा गडबड गर्न थालेपछि दुई पक्षबीच घम्साघम्सी भएको कुरा प्रत्यक्षदर्शीले बताउँछन् । सोही अवस्थामा केही मत च्यातिएको, मतगणनास्थलमा मत गन्न सक्ने परिस्थिति नभएको, मतगणनास्थलमा मत सुरक्षित हुन नसक्ने परिस्थिति भएपछि सो मतगणना कार्य अवरुद्ध भएको र कानुनी प्रक्रियाबमोजिम मुख्य निर्वाचन अधिकृत (जिल्ला न्यायधीश) ले प्रतिवेदन निर्वाचन आयोगमा दिएपछि निर्वाचन आयोगले थप छानबिन कानुन बमोजिम गरिएको थियो । त्यसलाई एमालेले अस्वीकार गर्दै विरोध गर्न थालेको थियो । यो विरोध संसदीय पद्धति, कानुनी शासनको विरुद्धमा छ ।
निर्वाचन आयोग संवैधानिक एवं कानुनी अधिकारप्राप्त निकाय हो । निर्वाचनसम्बन्धी सबै कार्य यही आयोगले गर्छ । यसमा सरकार, सदन कसैले पनि हस्तक्षेप गर्न मिल्दैन तर एमालेले निर्वाचन आयोगले गरेको छानबिन विरुद्ध सदन अवरुद्ध गरेको सबैले देखेकै कुरा हो । निर्वाचन आयोगले पुनःमतदान गर्ने भनी गरिएको निर्णयपछि पनि सदन अवरुद्ध गर्न विपक्षी एमालेले छाडेन । अदालतमा मुद्दा दायर भएपछि पनि सदन अवरुद्ध नै गरिरह्यो । यो कस्तो संसदीय अभ्यास हो ? निर्वाचन आयोगको निर्णय र संसद्को कुनै साइनो नै छैन । नेपाल सरकारले भनेको कुरा आयोगले मान्न पर्दैन । आयोग स्वतन्त्र संवैधानिक अङ्ग हो । यसले गरेको निर्णय सबैले मान्नुपर्छ । नत्र निर्वाचन हुनै सक्दैन । यसले गरेको निर्णय उच्च अदालतमा पुनरावेदन र सर्वोच्च अदालतमा रिट लाग्न सक्छ । अदालतबाट भएको निर्र्णय पनि सबैले मान्नुपर्छ । अब सर्वाेच्च अदालतबाट भएको फैसला पनि मान्दिन भन्न सक्छ विपक्षीले । किनकि मुख्य निर्वाचन अधिकृतले गरेको प्रतिवेदनमा समेत विपक्षीले विरोध गरेर सदन अवरुद्ध गरेको हो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० बमोजिम मतपत्र च्यातिएमा वा गन्न सकिने अवस्था नभएको भएमा, पुनःमतदान गर्नुपर्ने व्यवस्था छ । यो कानुन सर्वसम्मतबाट सदनले पास गरेको हो । अहिले ९१ मतपत्र गन्न नसकिने अवस्थामा भएको जुन कुरा मतगणना स्थलमा भएको गडबडीले हो । अब यो मतपत्र बदर गरे जनताको मताधिकार माथि धावा बोलेको हुन जान्छ । कस्को मत बदर भएको हो ? त्यो यकीन कसरी गर्ने ? मतदाताको मतलाई बेवास्ता गरेर उसको प्रतिनिधिलाई कसरी घोषणा गर्ने ? यी यावत कुराको समाधान हो, पुनः मतदान । सो एक वडामा मात्र पुनः मतदान गर्ने । यसबाट जनताले दुःख पाउँछन । ती मतदातासँग सबैले माफी माग्ने र पुनःमतदान गर्ने गराउने गर्नु नै श्रेयष्कर हुन्छ ।
जनतामा पुनः मतदानमा जान इन्कार कसैले गर्नु पर्दैन । सबै फैसला जनताले मतबाट गरिदिने छन् । यसमा मुद्दा गर्ने वा डराउनुपर्ने अवस्था छैन । यसभन्दा अगाडि पनि यो अभ्यास नेपालले गरिसकेको छ । जहाँसम्म यो नराम्रो अभ्यास हुन्छ भन्ने कुरा जुन छ । त्यस सम्बन्धमा मतदान र मतगणना गर्दा अपनाउनु पर्ने सावधानी सम्बन्धित सबैले अग्रीम गर्नुपर्ने हुन्छ । त्यो गरौँ । मतगणना गर्दा दलका वा उम्मेदवारका प्रतिनिधिले मतपत्र छुन नपाउने, स्क्रिनबाट देखाउने, सुरक्षा प्रबन्ध सोहीबमोजिम गर्ने आदि व्यवस्था गरिनुपर्छ । यस्तै घटना घट्छ भनेर नै ऐनमा दफा ५० राखेको हो । अर्को कुरा मतपत्र च्यात्ने व्यक्तिउपर के हुन्छ भन्दा सोही ऐनबमोजिम कारबाही हुन्छ । यस सम्बन्धमा अदालतमा मुद्दा चलेको छ । अहिले उनीहरू दोषी ठहर भएका छैनन । पुर्पक्षमा छन् । सफाइ पाउन पनि सक्छन् । दोषी ठहर्न पनी सक्छन् । अहिले नै माओवादी केन्द्रले गरेको छ भनेर प्रचार गर्नु पनि संविधान कानुन विरोधी कुरा हो । विपक्षी दलले संसद्मा यसरी बोल्नु संविधान विरोधी कुरा हो ।
अदालतमा विचाराधीन मुद्दामा सदनमा बोल्न पाइदैन भन्ने कुरा संविधान धारा १०५ मा नै उल्लेख भएको कुरा विपक्षीका सांसद र नेताले बुझ्नुपर्ने हो । जे होस्, भरतपुरको घटनाका दोषी सम्बन्धमा अदालतले नै ठहर गर्नेछ । आयोगको निर्णय सदर वा बदर पनि अदालतले नै गर्नेछ । राजनीतिक रूपले र ऐनको प्रावधान अनुरूप पुनःमतदान गर्नु नै समस्याको एक मात्र उपाय हो । यसमा सबैले सहयोग गरौँ ।