नेपाली कांग्रेस र अबको राजनीति
प्रकाशित मिति : २०७४, १६ पुष आईतवार १०:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ/लोकराज बराल:काठमाडौँ — नेपालको उदारवादी लोकतन्त्र र नेपाली कांग्रेस पर्यायवाची शब्द हुन् भन्ने रक्षात्मक हुनु पर्दैन । यसको जन्म र सिद्धान्त नै आज चलनचल्तीमा रहेको लोकतान्त्रिक अभ्यास मानिन्छ र जेजति विसंगति सिद्धान्त र अभ्यासमा देखिनुमा दलको भन्दा पनि नेताका कारणले भएको धेरैको विश्वास छ ।
Advertisement
रणनीतिका रूपमा बेलाबेला गरिएका सम्झौता र तिनले पुर्याएको क्षतिप्रति पनि नेता नै जवाफदेही हुनुपर्छ । सन् १९५९ मा राजा महेन्द्रले दिएको संविधान मानी चुनावमा जाने सैद्धान्तिक विचलनलाई समय र परिस्थितिको दबाबले यस्तो निर्णय लिएको भनी औचित्य स्थापित गर्न खोजिएको थियो । त्यस्तै, उल्टो फर्काइ (यू टर्न) सन् १९६८ मा कांग्रेसले कलकत्ता (कोलकाता) मा संविधानसभा छाडी राजा महेन्द्रलाई संविधानको अझ बढी विकासका लागि सहयोग गर्ने निर्णयमा थियो । यसैलाई स्वीकारी विश्वेश्वरप्रसाद कोइराला र गणेशमानसिंह जेलबाट छुटेका थिए र राजाले भारतमा बसेका कांग्रेसलाई क्षमा दिई उनीहरूको देश फिर्तीलाई अनुकूल पारिएको थियो ।