स्वास्थ्यमन्त्रीबाट सामुदायिक अस्पताल उद्घाटन
प्रकाशित मिति : २०७३, २७ मंसिर सोमबार १६:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
ललितपुर २७ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज एक कार्यक्रमबीच बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवाराही सामुदायिक अस्पताल उद्घाटन गर्नुभएको छ ।
Advertisement
साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
अस्पताललाई आवश्यक पर्ने उपकरणका लागि उचित बजेटको व्यवस्था गर्नेसमेत उहाँको भनाइ थियो । उहाँले अस्पताललाई आवश्यक पर्ने नयाँ भवनको समेत शिलान्यास गर्नुभयो ।
नयाँ भवन निर्माणका लागि इमान्जुलियस लुथर्न चर्च अमेरिकाले रु एक करोड २६ लाख ७५ हजार सहयोग गरेको अस्पतालका डा कृष्णमान महर्जनले बताउनुभयो । अस्पतालमा २५ श्यया क्षमता भएको उहाँले बताउनुभयो । प्राप्त रकमले हाल अस्पताल सञ्चालनमा रहेको भवनको माथिल्लो तला थप र नयाँ एकतले भवन निर्माण हुने उहाँले बताउनुभयो ।
सो अवसरमा राजनीतिक दलका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापालाईसोही स्थानमा जिल्ला अस्पताल स्थापनाका लागि ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस बज्रवाराही नगर कार्यसमितिका सभापति सुरज श्रेष्ठले बताउनुभयो ।