साहित्य/संस्कृतिमा रहेका समाचारहरु

स्टालिन र चर्चिलसँग हात मिलाउन पाएको नेपाली योद्धा

साठी हजार निर्दोष नेपालीको बलि खाएर त्यस्तो युद्ध सकियो, जुन युद्धसँग नेपाल र नेपालीसँग कुनै सरोकार थिएन । त्यो दोश्रो विश्वयुद्ध थियो । नेपाली रगतले लतपतिएको बेलायती साम्राज्यवाद सहितको समूहले युद्ध जित्यो । नेपालका लागि लडेर होइन । बेलायतका लागि लडेर गोर्खाली सेना विश्वप्रसिद्ध भयो । एक प्रकारले भन्ने हो अजेय भयो । तर त्यो अजेयको मूल्य हिरा भन्दा महङ्गो भो नेपालका लागि । युद्धको तनावबाट मुक्त भैसकेको थियो रामप्रसाद...

प्रदीप नेपालको ‘क्रान्तिवीरको सपना’ सार्वजनिक

नेपालगन्ज,१८ फागुन । साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालको क्रान्तिवीरको सपना सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा रामप्रसाद राईको जीवनीमाथि लेखिएको उपन्यास सार्वजनिक भएको हो । विभिन्न राजनीतिज्ञ तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको कार्यक्रम तारादेवी राईको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रुपमा पूर्वसभामुख सुवास नेम्बाङ थिए । त्यस्तै साहित्यकार देवी नेपालले पुस्तकमाथि चर्चा गरेका थिए । उनले प्रदीप नेपाल नेपाली साहित्यका एक धरोहर भएको र कम समयमा...

विश्व मातृभाषा कविता महोत्सव सम्पन्न

काठमाडौँ १० फागुन । विश्व मातृभाषा दिवसका अवसरमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले आज यहाँ ‘विश्व मातृभाषा कविता महोत्सव’को आयोजना गरियो । महोत्सवमा देशभरका ४० भाषाका ४२ कवि कवियत्रीले कविता वाचन गर्नुभयो । कार्यक्रममा तामाङ भाषाका धनकुमारी घिसिङ, धिमाल भाषाका मोनालिसा धिमाल, नेपाल भाषाका नविन प्रकाश श्रेष्ठ, मैथलीका भावनाकुमारी झा, थारुका सुशील थारु र रनजना मोक्तानलगायतले कविता वाचन गर्नुभयो । प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइलाले उद्घाटन गर्नुभएको कार्यक्रममा युनेस्को एसिया फोरमका महासचिव डाइ सिचो, महोत्सव...

‘युगको आवाज’मा विद्रोह

काठमाडौँ, । पत्रकार पवित्रा सुनारद्वारा रचित पहिलो कवितासङ्ग्रह ‘युगको आवाज’ आज यहाँ सार्वजनिक गरिएको छ । दुई दशकदेखि कविता लेखनमा सक्रिय कवि सुनारको कवितासङ्ग्रहको आज यहाँ कवि तुलसी दिवसले सङ्ग्रह विमोचन गर्दै परिवार र समाजमा देखिएको, सुनिएको र भोगेका विषयलाई विद्रोह र सामाजिक असन्तुष्टिका रूपमा कविले सार्वजनिक गरेको बताउनुभयो । साहित्यकार राजेन्द्र पराजुलीले राजनीतिक विसङ्गतिलाई कवितामा समावेश गरिएको बताउनुभयो भने डा भगवानचन्द्र ज्ञवालीले वस्तुवादी धार र जीवनका अनुभूतिलाई कवितामा व्यक्त...

प्यारा शहिद

तिमीलाई हँसाउन हाँसी-हाँसी प्राण त्यागे उनले आज तिमी त्यही प्यारो बलिदानमाथि हाँस्दैछौ गाँसेर माला विरताको सहिद भए उनी नबिर्स तिमी त्यही सहादतको उपकारमा बाँच्दैछौ यहि स्वतन्त्रताका लागि आफ्नो रगत उमाले उनले उमालेर यसैलाई अब पोख्न नखोज तिमी स्वार्थैस्वार्थले भरिएको मस्तिष्क लिएर शहिदको मूल्यलाई जोख्न नखोज तिमी । तिमी भन्छौ क्रान्तिले शान्ति भंग भयो क्रान्तिबिनाको शान्ति कसले देखेको थियो नियालेर हेर विश्व इतिहास फेरि निरंकुशले आफै घुँडा कहाँ टेकेको थियो । लास बनेर गए उनीहरु आज स्वतन्त्र तिमीले फेरिरहेको श्वासको लागि जसको तस्बिर र...

थिएटर मलमा ‘बेड नं. ९९’

काठमाडौंँ, ८ माघ । थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ । महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिनुभएको हो । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्बहरु मार्फत कथालाई दृश्यमा उतार्नुभएको छ । नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर र हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु हो भन्नुभयो । ‘बेड नं ९९’ यो एक पुरुषको कथा हो...

सुदूरपश्चिममा काग तिहार मनाइँदै

बैतडी, १ माघ । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ । स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना गर्नु हो । महिनाको सुरुआत भएकाले माघे सङ्क्रान्तिलाई नरहरि भनिएको बताइएको छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे...

‘कमली’ उपन्यास बजारमा

काठमाडौँ,२७ मङ्सिर । किरण ढुङ्गानाद्वारा लिखित ‘कमली’ शीर्षक उपन्यास आजदेखि बजारमा आएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी र प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले उक्त पुस्तक विमोचन गर्नुभएको हो । लेखक ढुङ्गानाले यसअघि ‘मोन्ट्रियल क्याफे’ शीर्षक पुस्तक सार्वजनिक गरिसक्नुभएको छ । ‘कमली’मा राणाकालीन ऐतिहासिक अवस्था र घटनाक्रमलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । विमोचन कार्यक्रममा जोशीले प्रस्तुत कृति एउटा सशक्त लेखन भएको टिप्पणी गर्नुभयो । प्रमुख सूचना आयुक्त बाँस्कोटाले उपन्यासका घटना...

अन्तर्राष्ट्रिय नेपाल कला सङ्गोष्ठी सम्पन्न

काठमाडौँ, १ मङ्सिर । बबरमहलस्थित नेपाल कला परिषद्मा चार दिनदेखि जारी ‘पहिलो अन्तर्राष्ट्रिय नेपाल कला सङ्गोष्ठी’ मङ््गलबार साँझ सम्पन्न भएको छ । नेपाल कला परिषद्, न्यू आर्टस् सर्कल र भारतको एसएमडी फाउन्डेसनको संयुक्त आयोजनामा यही कात्तिक २७ गतेदेखि सुरु भएको सो कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र लेवनानका ३६ कलाकारले एकापसमा विचार आदानप्रदान गरेका थिए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाकारका ९५ चित्र प्रदर्शनीमा राखिएका थिए भने उनीहरुले त्यहीँ आयोजित कला...

भाषाको माध्यमबाट नेपाल संगको सम्वन्ध कायम राख्नु पर्ने :राजदूत थापा

डिल्लीराम अमाई/ बेल्जियम, कार्तिक ३० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रमा नेपाल ब्रसेल्स मिलन केन्द्र संगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । राजदूत थापाले महान कविको सम्झना गर्दै नेपाल ब्रसेल बाल सांस्कृतिक...