नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज । नेपालगन्ज रुपईडिहा बोर्डर भोलीदेखि बन्द हुने भएको छ।भारतमा जारी १७ औं लोकसभाको चुनावलाई दृष्टिगत गर्दै शनिवारदेखि ४८ घण्टाका लागि नेपाल भारत सीमानाका शील गरिने भएको छ । सात चरणमा सम्पन्न हुने आम चुनावअन्तर्गत पाँचौ चरणमा बैशाख २३ गते बहराइच जिल्लामा चुनाव हुने भएको हुँदा उक्त जिल्लासँग जोडिएको नेपाल भारत सीमा शनिवार बेलुका ६ बजेदेखि बैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ...
नेपालगंज। नेपालगन्जमा के तपाईलाई जागिर आबश्यकता छ।यदि तपाई बेरोजगार हुनुहुन्छ भने नेपालगन्जमा ११ जनाको लागि खुलेको छ जागिर। जागिर गर्न चाहानुहुन्छ भने जानुहोस नेपालगन्जको न्यू रोडस्थित सुनगाभा स्वास्थ्य सहकारीमा।बिगत ११ बर्ष देखी संचालनमा रहेको सुनगाभा स्वास्थ्य सहकारीमा सुहाउँदो जागिर खुलेको सुनगाभाले जानकारी दिएको छ।संस्थामा कर्मचारी चाहियको हूदा २०७६ बैसाख २७ गते भित्र कार्यालयमा सम्पर्क गर्न जानकारी दिएको छ।यदि तपाईहरु जागिर गर्न इच्छुक हुनुहुन्छ भने यी सम्पर्क नम्बरमा फोन गर्न संस्थाका...
नेपालगन्ज ।बढ्दो तापक्रम र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । बैशाख दोस्रो साता यता हरेक दिन अधिकतम् तापक्रम ४० डिग्री सेल्सियमाथि पुगेपछि जनजीवन प्रभावित भएको हो । नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । चर्को घाम र तातो हावाले मजदुरी गर्नेहरु सबैभन्दा बढी मारमा परेका छन् । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार तीन दिन यता अधिकतम् तापक्रम ४२ डिग्री सेल्सियस माथि...
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोड क्षेत्रको बीच भागमा रहेका विरुवा काट्न लागेको नभई थप सौन्दर्यकरण गर्न लाएिको जनाएको छ । संरक्षित विरुवा काट्न लागिएको आशयका समाचार सार्वजनिक भएपछि उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज विज्ञप्ती निकालेर न्यूरोडमा कुनै पनि रुख नकाटिएको र नकाटिने पनि स्पष्ट पार्नुभएको हो । जारी विज्ञप्तीमा बिरुवाको संरक्षण, आधुनिकीकरण र सौन्दर्यकरण गरी नमूना ब्यापारिक केन्द्र बनाउने योजना रहेको स्पष्ट पारिएको छ। पार्किङ स्थल बनाउन लागिएको नभई सौन्दर्यकरणका लागि फूल...
नेपालगन्ज।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत् नेपालगञ्ज उपमहानगरपालिकामा करिब साढे ६ हजारले बेरोजगार फारम भरेका छन् । चैत्र मसान्तसम्म ६ हजार ४ सय २२ जनाले बेरोजगार फारम भरेको रोजगार संयोजक हरिबोल भटराइले जानकारी दिनुभएको छ । उहाँका अनुसार, चैत्र १ गतेबाट लागू भएको यो कार्यक्रममा नेपालगञ्जका २३ वटा वडा मध्ये सबैभन्दा बढी वडा नम्बर १९ बाट करिब १ हजार २ सयले वेरोजगार फारम भरेका छन्। यो फारम १८ वर्षदेखि ५९ वर्षसम्मका...
नेपालगन्ज । ट्राफिक सप्ताहको पाचौं दिनमा नेपालगन्ज र राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलको नेतृत्वमा गएको टोलिले आज बिहान ढकेरी सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ। त्य्स्तै सोहि ठाँउमा सवारी साधनहरुमा दुर्घटनाबाट जोगिनलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक पोस्टर समेत टासिएको हो। निमित्त प्रमुख पौडेलका अनुसार आज १०७ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ। यसैगरि नेपालगन्जमा...
नेपालगन्ज ।ट्राफिक सप्ताहको चौथो दिनमा नेपालगन्जमा मंगलबार साना सवारीसाधनका चालकलाई ट्राफिक ज्ञान बारे सचेतना दिइएको छ।”सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिबारदेखि ट्राफिक सप्ताह सुरु भए सगै बाँके ट्राफिकले जिल्लामा विभिन्न कार्य गर्दै आएको छ। जस अनुसार आज ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा सानो म्याजिक गाडी र अटोरिक्साका चालकहरुलाई कसरी ट्राफिक नियम अनुसार गाडी चलाउने, गाडी कस्तो तरिकाले कहाँ पार्क गर्ने,ओभरटेक कसरी गर्ने, यात्रुहरुलाइ कुन स्थानमा ओराल्ने र चढाउने आदि...
नेपालगञ्ज। नेपालगञ्जमा सञ्चालित कक्षा १२ को परिक्षामा सेटिङमै चिट चोराइएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आज गरिएको परिक्षा केन्द्रको अनुगमनपछि बोराका बोरा चिट फेला पारिएको हो । नगर प्रमुख डा धवल शम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन कट्टा(थैली) चिट बरामद गरेको हो । मंगलबार कक्षा १२ को विज्ञान(फीजीक्स)को परिक्षा भएको छ । उपप्रमुख उमा थापा, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिती प्रमुख गोरख थापा र वडा...
नेपालगञ्ज।नेपालगञ्जको बढ्दो ध्वनि प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागि सम्वाद प्रक्रिया बढाइदैछ । अत्यधिक ध्वनी प्रदूषण र प्लाष्टिकको प्रयोग हुने शहरका रुपा रुपान्तरण हुँदै गइरहेको नेपालगञ्जमा नियन्त्रणको आवाज उठाइएपनि अब संस्थागत र प्रक्रियागत रुपमा सम्वादको पहल शुरु गरिएको छ । जनसरोकार लगायतका विषयमा देखिएका विवाद र सम्भावित द्धन्द्धमा सहजीकरण गर्दै आएको सम्वाद समूह, बाँकेको सोमबार बसेको बैठकले ध्वनि प्रदुषण नियन्त्रण र प्लाष्टिक मुक्त नगरका लागि विशेष पहलकदमी लिने निर्णय गरेको...
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा आगलागी भएको छ । भर्खरै भएको आगलागीबाट एक करोड हाराहारीको कपासमा क्षति पुगेको उद्योगका सञ्चाल निरक गुप्ता बताउँछन् । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायब निरीक्षक माधब रिजालका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आज बिहान १०:३० बजे लागेको आगो अहिले ११:५० बजे सम्म आगो नियन्त्रणमा आउन सकेको छैन् ।विस्तृत विवरण आउन बाँकी…….! ...